काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँ । एकाबिहानै नुवाकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ५:२६ बजे गएको भूकम्पको केन्द्रबिन्दु नुवाकोटको बेलकोटगढी रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो ।

अहिले वर्षा समेत भइरहेकोले भूकम्पको धक्का महसुस गर्दा स्थानीय त्रसित बनेका छन् । भूकम्पबाट के-कति क्षति भयो भन्नेबारे केही विवरण आएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.