चितवनमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । चितवनमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका ६ देवनगरकी ५१ वर्षीया माया विकको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएका बेला जंगली हात्तीले आक्रमण गरेका थिए ।

घाँस काट्ने क्रममा विकलाई अचानक हात्तीले आक्रमण गरिको हो । मृतक विकको शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *