सिंहदरबारबाट पक्राउ परेकी निहारिकालाई प्रहरीले पुर्‍यायाे वसन्तपुर

काठमाडाैँ । प्रहरीले सिंहदरबारबाट पक्राउ परेकी निहारिका राजपुतलाई बसन्तपुर लगेर छाडेको छ ।

राज्यसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै आज सिंहदरबार दक्षिणी गेटअघि काखे बालक च्यापेर उनी अनसन बस्न आएकी उनलाई प्रहरीले नियन्त्रणमा लिई वसन्तपुर पुर्याएकाे हाे ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएकी निहारिकाले विराेध गर्नु पाउनु आफ्नो नागरिक अधिकार रहेकाे भन्दै गिरफ्तारीकाे विराधे गरेपछि उनलाई सिंहदरबारबाट बसन्तपुर पुर्याइएकाे हाे ।

उनी एकजना अभियान्ता सहयाेगीसहित अनसन बस्न सिंहदरबार क्षेत्र पुगेकी थिइन् ।

सिंहदरबार दक्षिणी गेट निषेधित क्षेत्र भएको र त्यहाँ अनसन बस्न लगायतका विरोध प्रदर्शन गर्न निषेध भएकोले निहारिकालाई पक्राउ गरिएको प्रहरीले बताएकाे थियाे ।

यसअघि पनि अनसनमा बसेकी निहारिकाले गत असार २ गते सरकारकारसँग पाँच बुँदे सहमति भएपछि उनले अनसन तोडेकी थिइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =