लाइसेन्सको परीक्षा दिने १ जना नक्कली परीक्षार्थी पक्राउ
२०७९ साउन २० गते

भक्तपुर । नक्कली परिक्षार्थी बनी अर्काको नाममा लाइसेन्सकाे परीक्षा दिएको अभियोगमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका १० घर भएका २१ वर्षीय सुजन भट्टराई रहेकाे प्रहरीले जनाइकाे छ । उनी बिहीवार पक्राउ परेका हुन् ।
मध्यपुर ठिमी नगरपालिका ९ राधेराधे ईजिवे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परीक्षामा ललितपुर महालक्ष्मी नगरपालिका ६ बस्ने २९ वर्षीय सन्तोष थापाको नाममा परीक्षा दिने उनलाई यातायात व्यवस्था कार्यालय भक्तपुर र उपत्यका ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२०७९ साउन २० गते
प्रतिक्रिया
सम्बन्धित








