करणी मुद्दामा अदालतबाट सजाय पाएपछि फरार राजेश्वर पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय पाएपछि फरार भएका एक युवकलाई पक्राउ गरेको छ ।

उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद सजाय पाएका चौदण्डीगढी नगरपालिका-९ ज्यामिरेका ४० वर्षीय राजेश्वर चौधरीलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेको हो ।

फरार प्रतिवादी चौधरी ०७१ साल वैशाख २० गते घटनास्थलबाट फरार भएका थिए । उनलाई उदयपुर जिल्ला अदालतले ०७४ साल फागुन २७ गते फैसला गरी ६ वर्ष कैद सजाय सुनाएका थिए । प्रहरीले अदालतको फैसला कार्यान्वयनमा सघाउ चौधरीलाई पक्राउ गरी अदालत बुझाएका हुन् । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *