प्रमुख निर्वाचन आयुक्तलाई प्रश्न- प्रदेश र प्रतिनिधि सभाकाे कार्यकाल कहिलेसम्म रहन्छ ?

काठमाडाैँ । सरकारले आउँदाे मंसिर ४ का लागि प्रदेश र प्रतिनिधि सभा निर्वाचनकाे मिति ताेकेसँगै निर्वाचन आयाेग तीव्र तयारीमा जुटेकाे छ । आयाेगले बिहीबार मात्रै पत्रकार सम्मेलनमार्फत् तीव्र तयारीमा जुटेकाे जानकारी दियाे । सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पत्रकारहरूसँग सवाल-जवाफ गरे । त्यसक्रममा उनलाई टन्न प्रश्नहरू साेधियाे । त्यसमा एउटा प्रश्न थियाे— प्रदेश र प्रतिनिधि सभाकाे कार्यकाल कहिलेसम्म रहन्छ ?

पत्रकारहरूकाे त्याे प्रश्नमा आयुक्त थपलियाले दिएकाे जवाफ उनकाे शब्दमा यस्ताे छ:

प्रदेश सभा र प्रतिनिधि सभाकाे कार्यकालकाे व्याख्या वास्तवमा आयाेगले गर्ने हाेइन । आयाेगले आफ्नाे सिफारिस पेश गर्दा संविधानमा भएकाे व्यवस्था र निर्वाचनसम्बन्धी कानूनमा भएकाे व्यवस्थाअनुसार निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुन्छ भन्ने व्यवस्था भएकाले त्यसैलाई टेकेर आउँदाे मंसिरमा २१ गते पदावधि समाप्त हुन्छ भन्ने कुरा हामीले लिखितरूपमै पेश गरेका थियाैँ ।आयाेगले ५ पेजकाे त्याे डकुमेन्ट परामर्शकाे रूपमा पेश गरेकाे थियाे, आयाेग के ठान्दछ भने नेपाल सरकारले त्याे दस्तावेजलाई स्वीकार गरेकाे भन्ने ठान्दछ, किन पनि भने आज त्यसकै आधारमा निर्वाचन मिति ताेकिएकाे छ । त्यसकारण यसलाई अन्तर्राष्ट्रिय मूल्य मान्यता, संसदीय परम्परा, हाम्राे संविधान र कानूनी व्यवस्था र पृष्ठभूमिकै आधारमा हेरिनुपर्ने हुन्छ । जहाँसम्म आयाेगकाे धारणाकाे कुरा छ, आयाेगले निर्वाचनमा ‘इक्वूअल प्लेइङ्ग फिल्ड’काे सिद्धान्त अर्थात् सबै उम्मेदवारहरूप्रति समान अवसर र समान खेलमैदानकाे सिद्धान्तलाई हामीले अवलम्बन गर्छाैँ । त्यसकारण प्रतिनिध सभा र प्रदेश सभा सदस्यकाे पदमा उम्मेदवारी दिएपछि; याे केही दिनपछि हामीले तपाईंहरूलाई ताेक्छाैँ नै, भन्ने नै छाैँ ।अहिले यसाे अनुमान मात्रै लगाएर हेर्दा दशैंकाे लगत्तैपछि दिनेगरी हामीले आवश्यक कार्यतालिका बनाउनुपर्ने जस्ताे देखिएकाे छ । मिति नैचाहिँ यहाँहरूलाई हामीले पछि कार्यक्रममार्फत् भन्नेछाैँ । त्यसकारण उम्मेदवारी दिनुभन्दा अघिल्लाे दिन अर्थात् उम्मेदवारी दिएपछि निजहरूकाे पदचाहिँ स्वत: सकिएकाे मानिनुपर्दछ भन्ने आयाेगकाे स्पष्ट धारणा छ । र, यसलाई कानूनसम्मत ढङ्गले कहीँ न कहीँ व्याख्या गरेर यसलाई हामी अगाडि बढाउँछाैँ । 

♦ सम्बन्धित समाचार:
   प्रमुख निर्वाचन आयुक्तले भने- ‘प्रतिनिधि सभाकाे कार्यकाल मंसिर २१ सम्म रहन्छ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 7 =