पोखरामा गाडीले ठक्कर दिँदा पैदलयात्री तिलिजाको मृत्यु

पोखरा । पोखरामा गाडीको ठक्करले एकजना पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान सभा गृहचोकमा भएको दुर्घटनाबाट म्याग्दी अन्नपूर्ण गाउँपालिका ५ घर भइ पोखराको लेकसाइड बस्दै आएकी ७५ वर्षकी सुनमाया तिलिजाको मृत्यु भएको हो ।

पोखराबाट दमौलीका लागि छुटेको ग १ ख ३८२५ नम्बरको बसले उनलाई सभागृह चोकमा ठक्कर दिएको हो । बसको ठक्करबाट गम्भीर घाइते उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + thirteen =