काेराेना संक्रमण बढ्दै, एकैदिन ८१४ जना संक्रमित
२०७९ साउन १७ गते

काठमाडौँ । नेपालमा थप ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ७ सय ६२ पिसिआर परीक्षणका क्रममा ५ सय ९ जना र २ हजार ६ सय ५३ एन्टीजेन परीक्षणका क्रममा ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, थप २ सय ९९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ७० हजार ६ सय २५ जना निको भएका छन् ।
हाल नेपालमा ५ हजार १ सय ४४ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ साउन १७ गते
प्रतिक्रिया
सम्बन्धित








