श्रीमतीको शव फेला, श्रीमान् बेपत्ता

कपिलवस्तु । अविरल वर्षाले आएको बाढीले बगाउँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमतीको शव फेला परेको छ ।

श्रीमान्को अवस्था अज्ञात रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुको कोइली खोलाले आज बिहान एक दम्पतीलाई बगाउँदा उनीहरू बेपत्ता भएका थिए ।

वाणगङ्गा नगरपालिका– ७ बस्ने ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीय श्रीमती राममाया सुनालाई खोला तर्ने क्रममा बगाएको थियो । उनीहरूसँगै बगेका १३ वर्षीय छोरा नीरज सुनारलाई भने स्थानीयवासीले उद्धार गरेका थिए ।

बेपत्ता राममायाको शव एक किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *