नाग पोखरीमा यसरी मनाइयो नागपञ्चमी (तस्बिरहरू)

काठमाडौँ । साउन शुक्ल पञ्चमी अर्थात् आज नागपञ्चमी । हिन्दु धर्मावलम्बीहरूले आज घरघरमा नागको पूजा गर्दै नागपञ्चमी पर्व मनाउँदैछन् । यस्तै, आज विभिन्न ताल तलैयाहरूमा  पनि नागको पूजाअर्चना गरिन्छ ।

आज घरको मूलढोकामा नागका तस्बिर टाँसी सर्प, बिच्छीको पूजा गरिन्छ । नागपञ्चमीमा नाग सर्पजस्ता विषालु जीवको पूजा गर्नाले त्यसको भय कम हुने जनविश्वास रहिआएको छ । उपत्यकामा आज पशुपतिको वासुकी, नक्सालको नागपोखरी, चोभारको टौदह, ललितपुरको नागदह लगायतका स्थानमा मेला लाग्ने गर्दछ ।

पोहोर साल कोभिडका कारण काठमाडौँको नक्सालस्थित नागपोखरीमा भक्तजनहरूले पोखरी परिसर बाहिरैबाटै पूजा गरेका थिए । यसपालि भने भक्तजनहरूलाई पोखरी क्षेत्रमा प्रवेश गर्न दिइएको छ । यहाँ स्थित पोखरीमा रहेको नागको प्रतिमामा भने निश्चित पुजारीहरूले नित्य पूजा गर्ने गर्दछन् ।

तस्बिरमा नागपोखरीमा गरिएको नागको पूजा :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *