करेन्ट लागेकी भाउजूलाई छुटाउन खोज्दा देवर-देउरानीको मृत्यु, भाउजू सामान्य

काठमाडौँ । दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका-२ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहकाअनुसार बासु गाहा मगरकी भाउजू २७ वर्षीया भिमा गाहा मगर घाइते भएकी छिन् । घाइतेको प्रस्तावित भालुवाङ अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।

घरभित्र भाउजूले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फाले पछि के भएको हो भनी देउरानी हिमाले विद्युतको तार छुँदा करेन्ट लागेको थियो । करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् बासुले काँचो लठ्ठीले तारलाई हिर्काउँदा तार चुँडिएर उनको शरीरमा परेपछि करेन्ट लाग्दा दुवै जनाको घटनास्थलमा मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *