काठमाडाैँमा एकै परिवारका चारजना मृत फेला

काठमाडाैँ । काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला परेका छन्। काठमाडौंका प्रहरी प्रमुख भरत बोहराका अनुसार तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार दिनेश पाण्डेको घरमा पाण्डेसहित श्रीमती र छोराछोरी मृत फेला परेका हुन् ।

घटनास्थलमा संलग्न प्रहरीका अनुसार दिनेशलाई झुन्डिएको अवस्थामा मृत फेला पारिएको हो । भित्रबाट चुकुल लगाएर पहिला श्रीमती, छोरा र छोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको जनाएको छ ।

४१ वर्षीया पाण्डे १० वर्ष कुवेतमा वैदेशिक रोजगारीको सिलसिलामा बसेर फर्केका थिए । दिनेशकी ३९ वर्षीया श्रीमती सुनीता पाण्डे घर नजिकै पसल चलाएर बसेकी थिइन् । ती प्रहरीका अुनसार उनीहरुको झैझगडा भइरहने र केही समयअघि दुईपटक बालाजु प्रहरी वृत्तमा मिलापत्र गरेर छाडिएको थियो ।

अनुसन्धानमा खटिएका ती प्रहरी भन्छन्, ‘हामीले प्रारम्भिक अनुसन्धानबाट पारिवारिक कलहबाट नै यो घटना भएको पत्ता लागेको छ । भित्रबाट चुकुल लगाएको, तीनजना भुइँमा लडेको र दिनेश झुण्डिएको देख्दा हत्या पछि आत्महत्या भएको देखिन्छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + ten =