संक्रमित बाइडेनलाई कुनै स्वास्थ्य समस्या छैन

वासिङ्टन । छोटो समयपछि पुनः कोरोना भाइरसको सङ्क्रमण देखिएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कुनै स्वास्थ्य समस्या नदेखिएको ह्वाइट हाउसका चिकित्सकले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनलाई नौ दिनपछि लगत्तै दोस्रो पटक कोभिड सङ्क्रमण देखा परेको चिकित्सकले पुष्टि गरेका थिए । त्यसलगत्तै उनी आइसोलेसनमा बसेका छन् । जुलाई २१ मा कोरोना भाइरस सङ्क्रमण भएका बाइडेन आइसोलेसनबाट निस्किएलगत्तै आइतबार पुनः संक्रमित भएका थिए ।

दिनमात्र अघि आइसोलेसनबाट निस्किनुभएका उनलाई शनिबार परीक्षण गर्दा पुनः कोरोना भाइरस पोजेटिभ देखिएको ह्वाइट हाउसका चिकित्सक डा केभिन ओ कनरले जानकारी दिएका हुन् । डा. कनरका अनुसार राष्ट्रपति बाइडेनलाई पुनः आइसोलसनमा बस्नुभएको छ । तर उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको डा. कनरको भनाई छ ।

उनले एक सूचनामा राष्ट्रपति बाइडेन पुनः आइसोलेसनमा बसेका उनले जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गरेका छन् । ७९ वर्षीय राष्ट्रपति बाइडेनले आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको तर कुनै पनि लक्षण नदेखिएको बताएका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *