श्रावण सोमबार : दत्तात्रय मन्दिरमा श्रद्धालुको भिड (तस्बिरहरू)

भक्तपुर । भक्तपुरमा रहेको प्रसिद्ध मन्दिरहरू मध्य दत्तात्रय मन्दिर पनि एक हो । इ.सं.१४२७ मा राजा यक्ष मल्लले बनाउन लगाएको यस मन्दिरलाई ब्रह्मा, विष्णु र महेश्वरको एकै स्वरूप अर्थात् त्रिशक्तिको रूपमा पुजिँदै आइएको छ ।

श्रावण महिनाभर यस मन्दिरमा भगवान् शिवको बास रहने धार्मिक विश्वास सहित दर्शन गर्नको लागी यहाँ श्रद्धालुहरूको भिड लाग्ने गर्दछ । प्यागोडा शैलीमा निर्माण गरिएको यस मन्दिरको प्रमुख विशेषता भनेको यो मन्दिर एउटै रुखको काठबाट बनेको जनविश्वास रहेको छ ।

भक्तपुरको तचपाल टोलमा अवस्थित यो मन्दिरमा महाशिवरात्रि, श्रावणको सोमबार, पुसको बुधबार र तीजमा भक्तजनहरूको भीड लाग्ने गर्दछ ।

यहाँ दैनिक नित्य पूजा गर्दा गाईको दूधमा चिउरा भिजाई दत्तात्रय भगवानमा भोग चढाई सोही चिउरा प्रसादको रूपमा बाँड्ने गरिन्छ। सो प्रसाद ग्रहण गर्नाले बोली स्पष्ट नभएकाहरूको बोली खुल्ने जनविश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *