सार्वजनिक कार्यक्रममै धरधरी रोए धरानका मेयर साम्पाङ

विराटनगर । धरानका मेयर हर्क साम्पाङ  शनिवार बिहान आयोजित एक कार्यक्रममा भक्कानिएका छन् ।  शनिवार बिहान एक कार्यक्रमको आयोजना भएको थियो । हरेक हप्ताको शनिवार वृक्षारोपण अभियान सञ्चालन गरेका मेयर साम्पाङ शनिबार बिहान ७ बजे मेयर सर्दु र निशाने खोला दोभान क्षेत्रमा वृक्षारोपणका लागि पुगे ।

शनिवार बिहान निर्धारित समयमा पनि सामान्य वर्षा भयो । वर्षाको बिचमा पनि रुझेरै पनि उनी वृक्षारोपणको लागि खोलाको दोभानमा वृक्षारोपण गरेका थिए ।  वृक्षारोपणमा सहभागी हुनको लागि धरानका थुप्रै नागरिकको सहभागिता थियो ।

वृक्षारोपणको क्रममा  कार्यक्रममा सहभागीलाई सम्बोधन गर्ने क्रममा उनले गाएको देशभक्तिपूर्ण गीतको सन्दर्भका क्रममा मेयर एक्कासि भावुक बनेका थिए । उनले त्यो क्रममा आफूलाई सम्हाल्न खोजेको भए पनि सम्हाल्न सकेनन् र धरधरी रोए ।  कार्यक्रम स्थल एकाएक स्तब्ध बनेको थियो ।

मेयर साम्पाङले आफू सानो मान्छे भए पनि देश, विदेशबाट पाएको साथ, माया र समर्थनले आफूलाई भावुक बनाएको र रुन पुगेको प्रतिक्रिया दिए । उनी कुनै पीडाले भन्दा पनि सबैको साथ र सहयोगको कारण हर्षले रोएको बताएका छन् । धरानका मेयर साम्पाङले विकास निर्माणमा नागरिकको जनसहभागिताको आधारमा अघि बढेका छन् ।

धरानमा खानेपानीको व्यवस्थापन देखि वृक्षारोपण र सरसफाइ अभियानमा पनि नागरिकको साथ पाउँदै आएका छन् ।  उनले धरान उपमहानगरपालिकामा नयाँ नयाँ योजना सहितका कार्यक्रमहरू ल्याउने र छलफल गरेर अघि बढेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *