प्युठानमा जिप दुर्घटना : एकजनाको मृत्यु, ९ जनाको अवस्था गम्भीर
२०७९ साउन १४ गते

काठमाडौं । प्युठानमा जिप दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
जिल्लाको स्वर्गद्वारी नगरपालिका- ४ भ्यागुतेमा भएको दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका – ३ कि ३२ वर्षकी गुडिया ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी लालबहादुर विश्वकर्माले जानकारी दिए।
रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय वासिन्दा जिप रिजर्ब गरेर स्वर्गद्वारी गएका थिए।स्वर्गद्वारीबाट फर्कँदै गरेको लु ३ च ३५३ नम्वरको जिप दुर्घटनामा परेको हो। दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ।
२०७९ साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित








