धनगढीका मेयर हमाल पनि राष्ट्रिय स्वतन्त्र पार्टीको भेलामा सहभागी
२०७९ साउन १४ गते

काठमाडौं । धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल राष्ट्रिय स्वतन्त्र पार्टीको भेलामा सहभागी भएका छन्। गत स्थानीय तह निर्वाचनमा हमाल धनगढी उपमहानगरको प्रमुखमा स्वतन्त्रबाट मेयर चुनिएका थिए।
शनिबार धनगढीमा आयोजित पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश भेलामा हमाल सहभागी भएका हुन्।
गत ७ असारमा पार्टी घोषणा गरेका लामिछाने त्यसयता विभिन्न प्रदेशमा पुगेर भेला आयोजना गरिरहेका छन्। सोही अभियानअन्तर्गत आज ९शनिबार० धनगढीमा प्रदेश भेला आयोजना गरिएको हो।
सो भेलामा सम्बोधन गर्दै मेयर हमालले भने, ‘रवि लामिछाने आयो कराउँछ जान्छ भन्छन् कतिपयले, यदि यसपालि पनि हामीले विकल्पको खोजी गरेनौं भने यो पुस्ताको भविष्य सकियो।’
२०७९ साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित








