बैंकको निक्षेप ५० खर्ब ५९ अर्ब

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले संकलन गरेको रकम ५० खर्ब भन्दामाथि रहे पनि लगानी गर्ने पैसा नभएको गुनासो बैंकहरुले गरेका छन्।

कर्जा माग बढिरहेको तर तरलतामा चाप रहेको गुनासो बैंकहरुले गरेका हुन्। वाणिज्य बैंकहरुको सिईओहरुको छाता संगठन नेपाल बैंकर्स संघले समेत चालु आर्थिक वर्षको सुरुदेखि नै लगानी योग्य रकममा चाप देखिएको जनाएको छ।

संघले बैंकहरुमा संकलन हुने रकम र लगानी भैरहेको रकम समान रुपमा देखिएको बताएको हो। बैंक तथा वित्तिय संस्थाको निक्षेप संकलन ५० अर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै ऋण प्रवाह भने ४६ खर्ब ८७ अर्ब रुपैयाँ रहेको छ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंक तथा वित्तिय संस्थाहरुमा ३ खर्ब ७२ अर्ब रुपैयाँ बैंकहरुको रहेको छ। तर लगानी अर्थात् ऋण प्रवाह गर्ने पैसा ज्यादै न्युन रहेको बैंक तथा वित्तिय संस्थाहरुको भनाई छ।

कर्जा र निक्षेपको अनुपात ९सीडी रेसियो०९० प्रतिशत कायम हुनपर्ने व्यवस्था छ। जसअनुसार अहिले बैंक तथा वित्तिय संस्थाहरुमा लगानी गर्ने पैसाको अभाव रहेको देखिएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब ५६ अर्ब, अन्य बैंक तथा वित्तिय संस्थाहरुको निक्षेप ६ अर्ब ७ अर्ब रहेको छ। समग्र बैंकहरुको सीडी रेसिया ८७ दशमलव ६२ प्रतिशत रहेको देखिएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =