‘नेपाल विशेष सेवा विधेयक’ दफावार छलफलका लागि समितिमा

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रियसभामा उत्पति भएको ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभामा उत्पति भएको ‘नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९’ संशोधनबिना राष्ट्रियसभाबाट पारित भएको सन्देशको व्यहोरा पढेर सुनाएका थिए । राष्ट्रियसभाबाट बिहीबार सो विधेयक पारित भएको थियो ।
उनले राष्ट्रियसभामा उत्पति भएको ‘शपथसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका थिए ।








