चितुवाको आलो छालासहित २ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा चितुवाको आलो छालासहित दुई जना पक्राउ परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–३ बाट डडेल्धुराको अमरगढी नगरपालिका–३ काडेकी ४० वर्षीया मालती मल्ल र जोसिनाका २९ वर्षीय मोहन सार्कीलाई पक्राउ परेका हुन् ।

धानबारीमा लुकाइराखेको अवस्थामा दुई थान चितुवाको आलो छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरु दुवैले पहाडबाट ल्याएर उक्त छाला लुकाएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 14 =