कैलालीको अत्तरियामा चक्काजाम

धनगढी ।  कैलालीको अत्तरियामा यातायात व्यवसायीहरूले चक्काजाम गरेका छन् । ट्राफिक प्रहरीले सडक किनारामा रोकिएको बसलाई जरिमाना कटाएको भन्दै विवाद भएपछि उनीहरुले चक्काजाम गरेका हुन् ।

काठमाण्डौं- महेन्द्रनगर रुटको म १ ख ९१० नम्बरको बसलाई जरिमाना कटाएपछि बस चालक र प्रहरीबीच विवाद भएको थियो । त्यसपछि प्रहरीले सवारी चालक श्यामराज जोशीलाई पक्राउ गरेको छ । उनलाई पक्राउ गरेपछि अन्य यातायात व्यवसायीहरुले सडकमा चक्काजाम गरेका हुन् ।

श्यामराज जोशीले पार्किङ निषेध क्षेत्रमा बस रोकेका थिए । बस चालक जोशीले सडक किनारामा गाडी रोकेको गल्ती स्विकार गरेर जरिमाना काटेपनि पक्राउ गरिएपछि आन्दोलनमा उत्रिएको यातायात व्यवसायीहरुले बताएका छन् ।

ट्राफिक प्रहरीले भने जरिमाना काट्न खोज्दा अटेरी गरेपछि पक्राउ गरिएको बताएको छ । अहिले दुवै पक्षबीच सहमतिको लागि छलफल भइरहेको र सवारी आवागमन सुचारु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =