इञ्जीनियरिङ विधेयक संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
२०७९ साउन १२ गते

फाइल तस्बिर
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल इञ्जीनियरिङ परिषद् पहिलो संशोधन विधेयक, २०७६’ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले उक्त विधेयकमाथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव सभासमपक्ष पेस गरेका थिए । त्यसअघि राष्ट्रिससभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘कारागार विधेयक, २०७६’ सभासमक्ष टेबल गरेका थिए ।
यस्तै उनले नै राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको योगमाया ‘आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए ।
२०७९ साउन १२ गते
प्रतिक्रिया
सम्बन्धित








