डेढ किलाे सुनजस्तो देखिने वस्तुसहित १ जना भारतीय पक्राउ
२०७९ साउन ११ गते

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भन्सार छली लैजान लागेको १ किलो ६ सय १० ग्राम सुन जस्तो देखिने पहेंलो अर्धठोस वस्तुसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ४२ वर्षीय यूसुफ हारोन रहेकाे प्रहरीले जनाएकाे छ । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।
फ्लाई दुबईको उडानद्वारा दुवईबाट काठमाडौँ आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा भित्री वस्त्रमा प्लाष्टिकभित्र लुकाई ल्याई भन्सार छलि लैजान लागेको उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ ।
२०७९ साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित








