भक्तपुरमा यसरी मनाइयो गथे मुँग पर्व (तस्बिरहरू)

भक्तपुर । नेवार समुदायले आज गथे मुँग पर्व मनाएका छन् ।साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदाय बसोबास गर्ने शहरहरु काठमाडौँ उपत्यका, दोलखा, पाल्पा, बन्दीपुर लगायतका स्थानहरुमा यो पर्व मनाइन्छ ।

यस दिन भगवान् शिवका पुत्र कुमार कार्तिकेयको पूजाअर्चना गरिन्छ । आजको दिन घण्टाकर्ण नाम गरेको राक्षसको सन्तानको प्रतीक रूपमा बनाइ उसको काजक्रिया गर्ने भन्दै जगत (पैसा) उठाइन्छ ।

वैशाख महिनामा पर्ने अक्षय तृतीयाका दिन मानिसले खेतीपातीको काम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले तन्त्रोक्त विधि सहित आह्वान गरेको भूत, प्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई यस दिन तन्त्रोक्त विधिले बिदा गरिने पनि धार्मिक विश्वास पनि रहिआएको छ ।

बिहानैदेखि मठमन्दिर, दोबाटो छेउमा नर्कटमा पराल वा छ्वाली बेरेर घण्टाकर्णको प्रतिरूप बनाइ ठडाइन्छ । साँझ परेपछि सोही प्रतिरूपलाई जलाएर यो पर्व सकिन्छ । घण्टाकर्ण राक्षस जलाएको धुवाँमाथि बालबालिकालाई नगाए वा उक्त धुवाँले सेकाए भूतप्रेत नलाग्ने र रोगव्याधी हट्छ भन्ने जनविश्वास रहँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *