नागरिकता विधेयकविरुद्ध राप्रपा नेपाल सम्बद्ध विद्यार्थीको राँके जुलुस 

काठमाडौं । संसदबाट पास गरिएको नागरिकता विधेयकको विरुद्धमा राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले काठमाडौंमा राँके जुलुस प्रदर्शन गरेको छ ।

मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्‍याउने भन्दै राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठनले विरोध जनाएका हुन् ।

अहिले साँझ नागरिकता विधेयकको बुदाँहरु विवादास्पद ,अनुचित र राष्ट्र हित विपरीत भएको  विरोधमा विद्यार्थी संगठनका नेता कार्यकर्ताहरूले राँके जुलुस प्रदर्शन गरेका छन् ।

नागरिकता संवेदनशील विषय भएको मुलुकको स्वाभिमान , स्वतन्त्रता र अस्तित्वसँग गाँसिएको विषय भएको भन्दै  विद्यार्थी  संगठनले संसदबाट पास गरिएको नागरिकता विधेयकको विरोध गरेको संगठनला अध्यक्ष चेतराज सिंहले बताए ।

विवाह गर्ना साथ कुनैपनि विदेशीले तत्काल नागरिकता पाउने नीति संसारमा कहीँ नभएको भन्दै विद्यार्थी नेताहरूले आक्रोश व्यक्त गरे । सबै नेपालीले नागरिकता सरल र सहज रूपमा पाउने कुरामा विमति नभएको तर विदेशीलाई नाङ्लोमा राखेर नागरिकता बाँड्ने विषय अस्वीकार्य भएको नेताहरूले बताएका छन् ।

सत्ता र स्वार्थ पूर्तिको लागि राष्ट्रघाती निर्णय गर्नेहरूलाई जनताले दण्ड दिनुपर्ने उनीहरूको धारणा छ । विवाह गरेर आएकाहरूलाई समय सीमा नतोकी धमाधम नागरिकता बाढ्न नहुने प्रदर्शनकारिहरुको माग रहेको संगठनका सदस्य सचिव त्रिविक्रम सिंहले जानकारी दिए  । कीर्तिपुर क्षेत्रमा राँके  जुलुस प्रदर्शन गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =