तस्बिरमा गोकर्णेश्वरको गंगा आरती 

नेपालका विभिन्न शैव मन्दिरहरूमध्ये गोकर्णेश्वर महादेव मन्दिर एक महत्त्वपूर्ण र प्रसिद्ध तीर्थस्थलका रूपमा परिचित छ । नेपाल माहात्म्यमा शिवरूपी एक सिंगे मृगको सिगलाई भगवान् ब्रहृमाले महालिङ्गका रूपमा गोकर्णको वाग्मती तटमा गोकर्णेश्वर महादेवको नामले स्थापना गरेको उल्लेख छ ।

शक्तिसङ्गमतन्त्र एवं वराहपुराणमा गोकर्णेश्वर र जलेश्वर महादेवको माहात्म्यको वर्णन गरिएकोले गोकर्ण निकै प्राचीन तीर्थस्थल रहेको बुझिन्छ । रावणले यही क्षेत्रमा महादेवको तपस्या गरी त्रैलोक्य विजय गर्ने वर पाएका थिए भन्ने किम्बदन्ती समेत रहिआएको छ ।

प्राप्त शिलालेखहरूका अनुसार यो मन्दिर राजा जयस्थिति मल्लले इस्वी संवत् १४२२ मा जीर्णोद्धार गरी नित्यपूजा र अन्य पर्वोत्सवका लागि गुठीको समेत व्यवस्था गरेका पाइन्छ  ।

यसैगरी नेपाल संवत् ७०३ मा गोपीराना भारोले मन्दिरको गजुरमा सुवर्ण कलश ध्वजा चढाएको पनि शिलालेखमा उल्लेख छ । तर यो मन्दिर कसले कुन समयमा बनाएको हो भन्ने बारे अहिलेसम्मको अन्वेषणबाट थाहा हुन सकेको छैन ।

तर मन्दिरमा प्रयोग भएको काष्ठकला र मूर्तिहरू हेर्ने हो भने यो मन्दिर लिच्छविकालीन नै रहेको केही पुरातत्त्वविद् बताउँदछन् । यसै मन्दिरमा हरेक महिनाको अन्तिम सोमबार गङ्गा आरती हुने गरेको छ । ११ महिना अन्तिम सोमबार मात्र आरती गर्ने गरिएपनि श्रावण महिनामा भने हरेक सोमबार आरती हुने गर्दछ ।

तस्बिरमा श्रावणको दोस्रो सोमबार गोकर्णेश्वर महादेव मन्दिरमा सम्पन्न भएको गङ्गा आरती :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *