अवैध यार्सागुम्बा र कस्तुरीको बिणा जस्तो बस्तुसहित एक जना पक्राउ

धनगढी । दार्चुला प्रहरीले अवैध यार्सागुम्बा र कस्तुरीको बिणा जस्तै देखिने बस्तुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको महाकाली नगरपालिका–८ स्थित आसाकाडाबाट अवैध यार्सागुम्बा र कस्तुरीको बिना जस्तो बस्तुसहित व्यास गाउँपालिका–४ सुन्सेराका कम्मानसिंह विष्ट पक्राउ परेका हुन् ।

उनलाई दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको यात्रुवाहक बसबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीले जानकारी दिए ।

उनका अनुसार बिष्टको साथबाट १ किलो ६ सय ग्राम यार्सागुम्बा १५ ग्रामको कस्तुरीको बिना जस्तै देखिने बस्तु बरामद गरिएको छ ।

विष्टलाई नियन्त्रणमा लिनुका साथै बरामद भएको यार्सागुम्बा र कस्तुरीको बिना जस्तो वस्तुलाई डिभिजन वन कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =