दार्चुलाको दानी पालिका : क्षेत्राधिकार बाहिर गई मालपोतलाई मोटरसाइकल र अदालतलाई सोलार दान

दार्चुला । महाकाली नगरपालिका दार्चुलाले गत आर्थिक वर्षमा जिल्ला अदालत दार्चुलालाई सोलार अनुदान दिएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाले अदालतलाई सोलार दिएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकाले जिल्ला अदालतलाई १ लाख ४९ हजार ९९६ रुपैयाँको सोलार अनुदान दिएको हो ।

त्यस्तै, नगरपालिकाले मालपोत कार्यालयलाई मोटरसाइकल अनुदान दिएको छ । नगरपालिकाले मालपोतलाई २ लाख ८८ हजार ९५० रुपैयाँको मोटरसाइकल अनुदान दिएको पनि साेही प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले प्रतिवेदनमा नगरपालिकालाई क्षेत्राधिकारभन्दा बाहिर खर्च गरेको टिप्पणी गर्दै याे खर्च मितव्ययी र प्रभावकारी नभएकाे बताएकाे छ ।

त्यस्तै, यस्ता किसिमका खर्चले व्ययभार बढ्दै जाने भन्दै मलेपले नगरपालिकालाई नियन्त्रण गर्न भनेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *