म्यान्मारको सेनाले चारजना प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड दियो

काठकाडौं । म्यान्मारको सेनाले चारजना प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड दिएको छ। पूर्वसांसद फ्यो जेया थअ, लेखक को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जअलाई आतंककारी गतिविधि गरेको आरोप लगाउँदै मृत्युदण्ड दिइएको बताइएको छ । दशकौंपछि त्यहाँ पहिलो पटक मृत्युदण्ड दिइएको हो।

जुन महिनामा सेनाले मृत्युदण्डको घोषणा गर्दा अन्तर्राष्ट्रिय समुदायले त्यसको निन्दा गरेको थियो। सन् २०२१ मा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएको थियो। आङ सान सू चीले नेतृत्व गरेको न्यासनल लीग फर डेमोक्रेसी एनएलडीको नेतृत्वमा रहेको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले गत वर्ष फेब्रुअरीमा सत्ता लिएको थियो। सैन्य कूको विरोधमा उठेको स्वरलाई पनि सेनाले दमन गरेको थियो।

बीबीसीका अनुसार घटनाबारे प्रजातन्त्रवादी नेता सूची निकै मर्माहत भएको एक स्रोतले बीबीसी बर्मेली सेवालाई बताएका छन्। यद्यपि उनले यस विषयमा कुनै प्रतिक्रिया नजनाएको बताइएको छ। सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिने क्रममा उनलाई पक्राउ गरेको थियो। कूको विरोधमा गठन गरिएको छाया सरकारले मृत्युदण्डको निन्दा गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + one =