हज यात्रामा भएको भनिएको अनियमितताबारे अनुसन्धान गर्न संसदीय निर्देशन  

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले हज यात्रामा भएको भनिएको अनियमिततामाथि अनुसन्धान गर्न संसदीय समितिको निर्देश गरेको छ ।

मुस्लिम आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको बैठकमा सांसदहरूले हज यात्रामा पठाउने क्रममा अनियमितता भएको भनी प्रश्न उठाएका थिए ।

 सोही आधारमा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश गरेको हो । ‘हज यात्रा व्यवस्थापनका सम्बन्धमा भएको खर्च लगायतको विषयमा भएको भनिएको अनियमितता माथि अनुसन्धान गरी निष्कर्षमा पुग्न समितिको यो बैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश गर्दछ’ समितिको निर्णय छ ।

यसै गरी, समितिले हज यात्रा व्यवस्थापनमा मुस्लिम आयोगको नेतृत्वदायी भूमिका नहुनुको कारण समितिलाई उपलब्ध गराउन स्वयं मुस्लिम आयोगलाई निर्देश गरेको छ ।
मुस्लिम आयोगका अध्यक्ष अन्सारी लगायतसँग छलफल गरेर समितिले यस्तो निर्देश गरेको हो ।

आयोग अध्यक्ष स्वयं अन्सारीले हज यात्राको व्यवस्थापन गृह मन्त्रालय अन्तर्गत रहने हज कमिटीले गर्ने बताएका थिए । साथसाथै उनले हज यात्रामा नियमितता भएको आशंका स्वयं आयोगलाई लागेको बताएका थिए ।

उनअनुसार गएको वर्ष हज जानेहरूसँग दुई लाख ३० हजार लिइएको थियो । यस वर्ष बढेर ४ लाख ६३ हजार ८ सय पुर्‍याइएको छ । यसरी महंगो हुनुको कारण खोजी गर्दा आयोगले नै नपाएको उनको भनाइए थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *