भारतकी नवनिर्वाचित राष्ट्रपतिद्वारा सपथ ग्रहण

नयाँ दिल्ली । भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले सोमबार सपथ लिनु भएको छ ।
भारतको १५औँ राष्ट्रपतिका रुपमा निर्वाचित भएकी ६४ बर्षिया मुर्मुलाई प्रधान न्यायाधीश एनभी रमनले सपथ दिलाएका हुन् । भारतमा नवनिर्वाचित राष्ट्रपतिलाई संसद्‌मा सपथ खुवाउने व्यवस्था छ ।

नवनिर्वाचित राष्ट्रपति मुर्मुका विरुद्धमा विपक्षी दलहरूले यशवन्त सिंहलाई उम्मेदवार बनाएका थिए ।

नवनिर्वाचित राष्ट्रपतिलाई सपथ खुवाउने बेलामा वर्तमान राष्ट्रपति रामनाथ कोभिन्द पनि संसद् हलमा गएकी थिइन् ।

भारतमा गत जुलाई १८ मा राष्ट्रपति चयनका लागि निर्वाचन भएको थियो भने उपराष्ट्रपति चयनका लागि आगामी अगस्ट ६ मा निर्वाचन हुने भएको छ ।

वर्तमान उप राष्ट्रपति वेङ्कैया नायडुको कार्यकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति चयनका लागि यसअघि सन् २०१७ मा निर्वाचन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =