चितवनमा ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु
२०७९ साउन ९ गते

चितवन । चितवनमा ग्यास बुलेटको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुने महिलाको पहिचान भएको छैन ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकमा आज दिउँसो भारतीय ग्यास बुलेटको ठक्करबाट अन्दाजी ४५ वर्षकी महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।
पुलचोकबाट गैँडाकोटतर्फ जाँदै गरेको आरजे २५ बीए २९३१ नम्बरको बुलेटले पैदल यात्री महिलालाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी महिलाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
२०७९ साउन ९ गते
प्रतिक्रिया
सम्बन्धित








