डोलेश्वर महादेव मन्दिरमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)

भक्तपुर । नेपाल भाषामा ‘सिपारे माद्यो’ भनेर भनिने डोलेश्वर महादेव भक्तपुर जिल्लाको सिपाडोलमा अवस्थित छ । हिमवतखण्डमा डोलेश्वर महादेवलाई विमलेश्वर महादेव भनी उल्लेख समेत गरेको पाइन्छ ।

ढोला शिखरपर्वत शृङ्खलाको दक्षिण भागमा डोला परेको पहाडको काखमा अवस्थित यो शिवालयलाई प्राचीनकालदेखि डोलेश्वर महादेवको नामले पुकारिन्थ्यो । भक्तपुरका राजा भूपतीन्द्र मल्लले मन्दिर परिसरमा स्थापित गरेको शिलालेखले त्यस समयभन्दा पहिले देखिनै ‘डोलेश्वर महादेव’ नाम रहेको प्रमाणित गर्दछ ।

पाण्डवहरुलेसमेत तीर्थाटन गरिएको विश्वास गरिने यस महादेवलाई भारतमा रहेको श्री केदारनाथको शिर भाग समेत मानेर पूजा गरिन्छ । आज बिहानैदेखि परेको झरीको प्रवाह नगरी सयौँ श्रद्धालुहरूले डोलेश्वर महादेवको दर्शन गरेका छन् ।

आज साउन महिनाको दोस्रो सोमबार परेकाले यहाँ जल चढाउने र पूजा गर्नेहरूको घुइँचो लागेको हो । साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ ।

हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *