प्रेस युनियनको अध्यक्षमा शिव लम्सालको अग्रता

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी छ । हेटौंडामा शनिबार भएको मतदानको परिणाम आउने क्रम शुरु भएको हो ।

पछिल्लो विवरणअनुसार अहिलेसम्म ६ सय मतगणना हुँदा अध्यक्षमा संस्थापन इतरको उम्मेदवार शिव लम्सालले अग्रता बनाएका छन् । उनले ३ सय २६ मत प्राप्त ल्याउँदा संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएकी अनिता बिन्दुले २ सय ७१ मत प्राप्त गरेकी छिन् ।

वरिष्ठ उपाध्यक्षमा संस्थापन पक्षका सरोज अधिकारीले २ सय ७८ मत ल्याउँदा इतर समूहका प्रेम केसी २ सय ९५ मत ल्याएका छन् । महासचिवमा पनि इतर पक्षको उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् । इतर पक्षका दिलीप पौडेलले ३ सय ८० मत प्राप्त ल्याउँदा संस्थापन पक्षका उम्मेदवार जगन्नाथ दुलालले १ सय ९० प्राप्त गरेका छन् ।

हेटौंडाको रोयल पार्टी प्यालेसमा गत शुक्रबारबाट नवौं महाधिवेशन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fourteen =