स्थानीय तहमा पहिलाे दल बनेपछि कांग्रेसमा अहंकार बढ्याे : अध्यक्ष नेपाल

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहमा पहिलो दल बनेपछि कांग्रेसले अहंकार देखाउन थालेको बताएका छन् ।

शनिवार काठमाडौँमा नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले आफ्नो पार्टीको मद्दतले नै स्थानीय निर्वाचनमा कांग्रेस पहिलो दल भएको भन्दै पहिलो पार्टी बनेपछि कांग्रेसले अहंकार देखाउन थालेको बताएका हुन् ।

उनले अहिले कांग्रेसले नै आफ्नो पार्टीलाई प्रयोग गरेर आफैँलाई बुर्कुसी मार्ने हो कि भन्ने डर पैदा भएको समेत बताए । उनले दुई तिहाइको फुर्ती देखाएकालाई सडकमा फालेर इतिहासमा नै नयाँ कीर्तिमान बनाएको जिकिर गरे ।

अध्यक्ष नेपालले गठबन्धनको डम्फु नबजाई पार्टीलाई सुदृढ बनाउने स्पष्ट पार्नुभयो । त्यस्तै उनले कम्युनिस्ट पार्टी दुई तिहाइमा पुगेपनि त्यसको सही उपयोग गर्न नसकेको उल्लेख गरे ।

नेपालले केही व्यक्तिमा अहंकार बढेको र निरंकुश प्रवृत्ति हाबी भएका कारण नै कम्युनिस्ट पार्टी विभाजित भएको तर्क गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 3 =