आयातमा नगद मार्जिनको व्यवस्था परिमार्जन गर्दै लगिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वैदेशिक व्यापारमा वस्तु आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा बैंकमा नगद मार्जिन राख्नुपर्ने व्यवस्थालाई क्रमशः परिमार्जन गर्दै लाने भएको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

अत्यधिक तथा अस्वभाविक रुपमा आयात बढेर देशमा व्यापार घाटा बढेको र विदेशी विनिमयको सञ्चिती कम भएपछि कतिपय विलाशी तथा आयात नगर्दा पनि तत्काललाई असर नपर्ने वस्तुको आयातका लागि ५० प्रतिशतदेखि शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गत आर्थिक वर्षमा गरिएको थियो ।

बैंकमा सुरुमै शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले कतिपय वस्तुको आयात अत्यन्तै घटेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *