प्रेस युनियन अध्यक्ष उम्मेदवारकाे मनाेनयन दस्तुर ३० हजार

काठमाडाैँ । नेपाली कांग्रेसनिकट पत्रकार सङ्गठन नेपाल प्रेस युनियनकाे अध्यक्ष पदकाे उम्मेदवारकाे मनाेनयन दस्तुर ३० हजार लाग्ने भएकाे छ । युनियनकाे ९औं महाधिवेशन हेटाैंडामा चलिरहेकाे छ । महाधिवेशनकाे उद्घाटन प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् ।

पदाधिकारीसँगै केन्द्रीय सदस्य र लेखा समिति संयाेजक तथा सदस्यहरूकाे उम्मेदवार बन्दा लाग्ने मनाेनयन दस्तुरबारे महाधिवेशन निर्वाचन समितिले सूचना टाँस गरी जानकारी दिएकाे छ । सूचनाअनुसार वरिष्ठ उपाध्यक्ष पदकाे उम्मेदवारलाई २५ हजार मनाेनयन दस्तुर लाग्नेछ भने उपाध्यक्ष र महासचिवलाई क्रमश: २० र २५ हजार छ ।

यस्तै उपमहासचिव, सचिव र काेषाध्यक्षका उम्मेदवार बन्नेहरूले मनाेनयन दस्तुरस्वरुप २०/२० हजार बुझाउनुपर्ने छ । केन्द्रीय सदस्यले १५ हजार दस्तुर बुझाउनुपर्ने छ भने केन्द्रीय लेखा संयाेजककाे उम्मेदवारले पनि २० हजार बुझाउनुपर्ने छ ।

केन्द्रीय लेखा समितिलाई १५ हजार मनाेनयन दस्तुर लाग्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + five =