स्पेनमा प्रचण्ड गर्मीका कारण एकै हप्तामा ६७९ को मृत्यु

म्याड्रिड । स्पेनमा प्रचण्ड गर्मीका कारण तातो हावा चल्दा एक हप्तामै ६७९ जनाको मृत्यु भएको छ ।स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ जुलाई १० देखि १७ सम्ममामा ६७९ जनाको ज्यान गएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जुलाई १७ मा मात्र एकै दिन १६९ जनाको तातो हावाबाट ज्यान गएको बताइएको छ । यहाँको एक स्वास्थ्य संस्थाले गरेको अनुसन्धानबाट तातो हावाबाट सबैभन्दा धेरै यहाँका ज्येष्ठ नागरिकहरूको ज्यान गएको छ ।

सो संस्थाले गरेको अनुसन्धानबाट यहाँ बुधवारसम्म ज्यान गएका ६७९ मध्ये ४३० जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका देखिएको छ ।देशका विभिन्न भागको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको बताइएको छ र गर्मीका कारण मानिसहरूको ज्यान जाने क्रम रोकिएको छैन।

यहाँका स्वास्थ्य अधिकारीहरूले गर्मी अझै बढ्ने अनुमान गरिएको जनाएका छन् । उनीहरूका अनुसार तातो हावाबाट ज्यान जानेको संख्या थप बढ्न पनि सक्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 4 =