बयानपछि जनार्दनले भने- ‘सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी उहाँहरुले भन्नुहुन्छ’

काठमाडाैँ । संसदीय विशेष छानबिन समितिमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको बयान सकिएको छ । शर्माले बिहान समितिलाई बयान दिएका हुन् ।

सो क्रममा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको बताएका थिए । ‘त्या को भित्र आयो को गयो भन्ने कुरा सजिलै थाहा हुनसक्छ । त्यहाँ सुरक्षाकर्मीहरू हुन्छन् अरू मर्यादापालकहरु हुन्छन्,’ उनले छानबिन समितिमा बयान दिँदै भनेका छन्, ‘बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन । पसेको भए थाहा भइहाल्थ्यो ।’

बयानपछि उनी पत्रकारहरुले सोधेका प्रश्नको जवाफ नदिई बाहिरिएका छन् । संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘मैले उहाँहरुले सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी कुरा उहाँहरुले भन्नुहुन्छ ।’

अर्थमन्त्री शर्मामाथि बजेट सार्वजनिक हुने अघिल्लो रात गत १४ जेठमा ‘अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराई करका दर हेरफेर गरेको’ आरोप लगाइएको छ । साे प्रकरणमा तत्कालीन शर्माले राजीनामा दिएका थिए । उनको राजीनामा अघि नै प्रतिनिधिसभाले छानबिन समिति बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =