स्वास्थ्य बिमा सहजरूपमा सञ्जालन गर्न एमालेकाे माग

काठमाडौँ । नेकपा एमालेले स्वास्थ्य बिमा कार्यक्रम सहजरूपमा सञ्चालन गर्न सरकारकाे ध्यानाकर्षण गरेकाे छ ।

देशका विभिन्न अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको र आम नागरिकले सहज ढंगले उपयोग गर्न नपाएकोप्रति ध्यानाकर्षण भएको भन्दै एमालेले पूर्ववतरूपमै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न सरकारसमक्ष माग समेत गरेकाे छ ।

नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै सरकारको यो नीतिले एकातिर बिमा प्रदायक संस्थाको संख्या घटाएर सहज पहुँचबाट टाढा राख्ने र अर्कोतिर सामाजिक स्वास्थ्य बिमामा निजी कम्पनीहरू प्रवेश गराई सरकार आफ्नो दायित्वबाट पन्छिने षडयन्त्र गरेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा भनिएकाे छ, ‘सरकारको यो नीतिले एकातिर बीमा प्रदायक संस्थाको संख्या घटाएर सहज पहुँचबाट टाढा राख्ने र अर्कोतिर सामाजिक स्वास्थ्य बीमामा निजी कम्पनीहरु प्रवेश गराई सरकार आफ्नो दायित्वबाट पन्छने षड्यन्त्र गरेको स्पष्ट छ । हाम्रो पार्टीले संघीय संसदमा भएको छलफलमार्फत् उपरोक्त नीति खारेज गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दै आएको सूचितै छ ।’

त्यस्तै, उनले बीमाका सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्न माग गर्दै पूर्ववत् व्यवस्थाअनुरूप नै स्वास्थ्य बीमा कार्यक्रमलाई सुचारु गर्नसमेत माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =