वन मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९ साउन ३ गते

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरबाट वन मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–२ फलाटेका ४५ वर्षीया हरिबहादुर सुनार रहेका छन् । उनलाई घरबाटै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रदेश ब्युरो टोलीले नियन्त्रणमा लिएको हो ।
सुनारलाई नियन्त्रणमा लिएर सुर्खेत जिल्ला अदालतमा बुझाएको प्रहरीको भनाई रहेको छ । सुनार सुर्खेत जिल्ला अदालतको लागत नम्बर १०६५ को फैसला अनुसार २ महिना ८ दिन कैद सजाय र नौ हजार आठ सय ४८ रुपैयाँ जरिवाना तोकिए पछि फरार भएका थिए ।
२०७९ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








