बालेनले दिए २ वटा सञ्चारमाध्यमविरुद्ध उजुरी
२०७९ साउन ३ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले २ वटा सञ्चारमाध्यमविरुद्ध उजुरी दर्ता गरेका छन् ।
उनले मंगलवार हिमालय टिभी र नेपाल समाचारपत्र दैनिकविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।
काठमाडौँ महानगरपालिकाको बजेट विनियोजित हुँदा कुनै अमुक संस्थालाई उपलब्ध गराउन लागिएको भन्ने तथ्यहीन, भ्रामक र कपोलकप्लित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले उजुरी दिएका हुन् ।
उनले पत्रकार आचार संहिता,२०७३ )पहिलो संशोधन, २०७६सहित)को दफा ४ बमोजिम कारबाही सहित क्षतिपूर्तिको माग गर्दै निवेदन दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

२०७९ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








