जाेरपाटीमा खानेपानीकाे ‘डीप बाेरिङ्ग’ गर्दा निस्क्याे अचम्मकाे मुस्लाे

काठमाडाैँ । काठमाडाैँकाे गाेकर्णेश्वर नगरपालिका ५ मा ‘डीप बाेरिङ्ग’ गर्ने क्रममा पानीकाे फरक खाले मुस्लाे निस्केकाे छ । वडा नं. ५ का निवर्तमान वडा सदस्य मुकुन्द फुँयालकाअनुसार जाेरपाटी चाेकनजिकै बिहान करिब ‍साढे १० बजेतिर त्यस्ताे मुस्लाे निस्केकाे हाे ।

याे समाचार तयार पार्दासम्म पनि उक्त मुस्लाे एकनासले निस्किरहेकाे छ । ‘निस्केकाे मुस्लाेबाट स-साना ढुङ्गासँगै माटाे र लेदाेसमेत निस्किरहेकाे छ,’ फुँयालले भनेका छन् । अनभिज्ञता प्रकट गर्दै उनले थपे, ‘अलिक अचम्म खालकाे छ । के हाे के हाे, छुटाउन सकिएकाे छैन । याे अझै घटेकाे छैन ।’

यसअघि एक वर्षअघि मात्रै पनि बूढानीलकण्ठ नगरपालिका १० कपनमा यहीखाले मुस्लाे निस्केकाे थियाे । त्यसबेला यसलाई ‘ग्यास’ भनिएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fourteen =