नक्कली सुन बेच्न खोज्ने २ जना पक्राउ

पोखरा। पोखरामा सुन भनेर नक्कली धातुको कारोबार गर्ने २ जना पक्राउ परेका छन् । पोखरा ८ न्यूरोडको एक होटलमा सुनको २ वटा बाला देखाएर सक्कली भन्दै बेच्न लागेका चितवन माडी ८ का धर्मेन्द्र खाती र स्याङ्जा अर्जुनचौपारी ४ का डिलबहादुर विक पक्राउ परेका हुन् ।

उनीहरूले शंकास्पद काम गर्न लागेको थाहा पाएपछि कास्की प्रहरीको टोली होटलमा पुगेको थियो । दुवै जनालाई पक्राउ गरेर आपराधिक षड्यन्त्र सम्बन्धी कसुरमा ७ दिन म्याद थपेर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =