साउनको पहिलो सोमबार गोकर्णेश्वर महादेवमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)

काठमाडौँ । भगवान् शिवको प्रिय महिना साउन र प्रिय बार सोमबार मानिन्छ । यस दिनमा शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृतद्वारा पूजाअर्चना गरिन्छ । आज पहिलो सोमबार परेको छ ।

यो महिना र दिन शिवको स्तुति मानव तथा चराचर जगतका लागि निकै कल्याणकारी रहन्छ भन्ने शास्त्रीय मान्यता रही आएको छ । पहिलो सोमबार, हिन्दू धर्मावलम्बी नारीहरूले भगवान् शिवको पूजा आराधना गरी मनाउँदैछन् ।

पार्वतीले श्रावण महिनामा निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको धार्मिक कथन अनुसार विशेषगरी हिन्दु महिलाहरूले यसलाई बढी महत्त्व दिने गरेका छन् । यो वर्ष श्रावणमा ५ वटा सोमबार परेकोले यस झन् विशेष महत्त्व छ ।

यो महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान्, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दु पुराणहरूमा मुख्य तीन थरी व्रतको चर्चा पाइन्छ । साउने सोमबार, सोह्र सोमबार र सोम प्रदोष । अरुबारको तुलनामा साउनको सोमबार व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ

देशभरका शिवालयहरूमा साउन महिनाभरि महादेवको विशेष उपासना गर्न श्रद्धालुहरूको ठूलो भीड लाग्दछ । आज बोलबम तीर्थयात्रीहरूले पनि शिवालयहरूमा गई भगवान् शिवलाई जल चढाउने गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *