गाँजासहित तीन भारतीय नागरिक पक्राउ

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया सडकखण्डबाट प्रहरीले भारतीय ट्रक जाँच क्रममा दुई क्विन्टल ५० किलो प्रतिबद्ध लागुऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले एन एल ०२ जी ३७९१ नम्बरको भारतीय ट्रकलाई रोकी जाँच गर्दा ट्रकको चालक बस्ने क्याबिनमा लुकाइछिपाई राखेको अवस्थामा २५ पोका (जम्मा दुई क्विन्टल ५० किलो) गाँजा बरामद गरेको गरिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

सो क्रममा ट्रकमा सवार भारत बिहार मोतिहारी थाना सुगौली–१९ का साहेव आलम, बिहार, पूर्वी चम्पारण थाना रामगढवा–२ का गुलाब मियाँ र एक जना १७ वर्षका किशोरलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए । गाँजा पक्राउ परेका तीनैलाई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =