श्रावणकाे पहिलाे दिन हरियो चुरा र मेहेन्दी लगाउनेको भिड (तस्वीरसहित)

काठमाडौँ । हिन्दु महिलाहरू श्रावण महिना सुरु भएपछि हातमा मेहेन्दी र गलामा हरियो पोते लगाउने गर्दछन् ।
भगवान् शिवको महिना मानेर शिवको आराधना गरिने श्रावण महिनाभर हातमा मेहेन्दी लगाउनुका साथै विवाहित महिलाहरूले रातो, हरियो र पहेँलो चुरा अनि पोते लगाउँदछन् भने अविवाहितहरूले हरियो र पहेँलो चुरा लगाउने गर्दछन् ।
विवाहित महिलाले हरियो-पहेँलो पोते र मेहेन्दी लगायो भने श्रीमानको दीर्घायु हुन्छ भन्ने धार्मिक विश्वास रहीआएको छ । यसैगरी अविवाहितहरूले भने शिवजस्तै पति पाउँ भनेर श्रावणको सोमबार व्रत बस्ने गर्दछन् ।
महिलाहरूमा मेहेन्दी जति गाढा बस्यो त्यति नै पतिको माया पाइन्छ भन्ने विश्वास पनि रहीआएको छ।
श्रावण महिनाकाे पहिलाे साता काठमाडौँ न्यूरोडकाे विशाल बजार क्षेत्र र इन्द्रचोकमा रहेका पोते पसलमा महिलाहरूको भिड लाग्ने गर्दछ । सडक छेउछाउ मेहेन्दी लगाइदिनेहरू भेटिन्छन् । त्यस्तै, अन्यत्र बजारमा हरियो र पहेँलो चुरा पोते किन्नेको भिड बढ्न थालेको छ ।
तस्वीरः









