हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स मर्जरपछि एकीकृत कारोबार सुरु

काठमाडाैँ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सको मर्जरपछि एकीकृत कारोबार सुरु गरेको छ ।

मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सले आइतवारदेखि एकीकृत कारोबार शुरु गरेको हो । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।

एकिकृत कारोबार सुरु भएसँगै बिमा क्षेत्रकै पहिलो मर्जर सफल भएको छ । दुई कम्पनीले गत वैशाखमा मर्जरका लागि आपसमा समझदारी पत्रमा हस्ताक्षर गरेका गरेका थिए भने बीमा समितिले गत असार ९ गते यी दुई कम्पनीलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो ।

नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर शाह र डेपुटी सीईओमा कमल गौतम रहेका छन् । एकीकृत कम्पनीको चुक्ता पुँजी करिब २ अर्ब ४३ करोड रुपैयाँ पुगेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fifteen =