नेविसंघ र अखिल (क्रान्तिकारी)ले गभर्नरलाई कार्यालय प्रवेश रोक्ने

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरु नेविसंघ र अखिल (क्रान्तिकारी) ले आज गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै कार्यालय घेराउ र बिरोध प्रदर्शन गर्ने भएका छन् ।

दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका बिषयहरुमा प्रश्न उठेको भन्दै युवा विद्यार्थी संगठनहरु केही दिनयता आन्दोलित रहेकोमा नेविसंघ र अखिल (क्रान्तिकारी) ले आज घेराउ र बिरोध प्रदर्शन गर्दै कार्यालय प्रवेशमा रोक लगाउने भएका हुन् ।

बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैंकको गेटमा भेला भइ गभर्नर अधिकारीलाई कार्यालय प्रबेशमा रोक लगाउने कार्यक्रम रहेको अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए । बिरोध कार्यक्रमलाई नेविसंघ अध्यक्ष डुजाङ शेर्पा र अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले सम्बोधन गर्ने पनि मैनालीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eighteen =