३ सय डलर माथिका मोबाइल आयातमा रोक

काठमाडाैँ । सरकारले विभिन्न १० वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता दिएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि वैशाख १३ मा गरेको १० वस्तुको आयातमा प्रतिबन्धकाे निर्णयलाई भदौ १४ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।

देशमा विदेशी मुद्राको सञ्चिति कम हुँदै गएपछि सरकारले यसअघि असार मसान्तसम्मका लागि निश्चित वस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले व्यक्तिगत प्रायोजनमा आउने गाडी, २ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल, मोबाइल तथा टीभीलगायतको आयातमा प्रतिबन्ध लगाएको थियो ।

परिमार्जन गरिएको निर्णयअनुसार आजदेखि १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल आयात गर्न पाइनेछैन । यसअघि ६ सय डलरभन्दा माथिका स्मार्टफोन आयातमा प्रतिबन्ध लगाइएको थियो । अब भने ३ सय डलरभन्दा बढी मूल्यका स्मार्टफोन आयात गर्न नपाइने भएको छ ।

सरकारले आयात रोकेका १० सामग्रीको सूची :-
१. कुरकुरे, लेज र यस्तै उत्पादनहरू
२. सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक)
३. चुरोट तथा सूर्तिजन्य वस्तु (कच्चापदार्थ बाहेक)
४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)
५. ३ सय अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेट
६. बत्तीस इञ्चभन्दा माथिका रंगीन टेलिभिजन
७. जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन बाहेक)
८. एक सय पचास सिसीभन्दा धेरै क्षमताका मोटरसाइकल
९. सबै प्रकारका खेलौना
१०. खेल्ने तास

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *